नेविसंघको सिटौला समूहले बोलायो विशेष भेला

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको संस्थापन र इतर समूहबीचको चर्किँदै जाँदा ‘तेस्रो धार’ भनिने समूहले विशेष भेला बोलाएको छ । अहिले केहीबेरमा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरूले वाल्मीकि क्याम्पसमा बस्ने गरी भेला बोलाएको हो ।

स्ववियु निर्वाचनको संघारमा संस्थापन र इतर समूहले भागबण्डाका आधारमा उम्मेदवारी टुङ्ग्याउने आशंकामा सिटौला समूहले भेला बोलाएको बताइन्छ । भेलालाई बागमती प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य तथा बागलुङ सभापति जीत शेरचन, नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व महामन्त्री बलदेव तिमल्सिनालगायतले सम्बोधन गर्ने नेविसंघको पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

सिटौला समूहले गुटगत आधारमा नभएर क्याम्पसहरूमा देखिएको लोकप्रियताका आधारमा स्ववियु निर्वाचनका लागि उम्मेदवार चयन गर्नु पर्ने र गठबन्धनका नाममा संगठनको पकड भएका क्याम्पसहरू फरक संगठनको भागमा दिन नहुने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =