नेपालले १४५ रन जोड्दा तेस्रो विकेट गुमायो
२०७९ फागुन २५ गते

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध राम्रो शुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् ।
यसअघि नेपालका कुशल मल्ल २ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेलले ४५ रन बनाएर आउट भएका थिए । अहिले असिफ सेख ७७ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोहित पौडेल मैदानमा आएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले २६.४ ओभरमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ ।
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








