नेपालले १४५ रन जोड्दा तेस्रो विकेट गुमायो

काठमाडौँ ।  आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध राम्रो शुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालका कुशल मल्ल २ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेलले ४५ रन बनाएर आउट भएका थिए । अहिले असिफ सेख ७७ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोहित पौडेल मैदानमा आएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले २६.४ ओभरमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =