‘कोशी’ नाममा एकीकृत समाजवादीको सशोधन प्रस्ताव, बैठक शुरू
२०७९ फागुन १७ गते

विराटनगर । प्रदेश १ सभाकाे स्थगित भएको प्रदेश सभाकाे बैठक शुरू भएको छ। संशोधन प्रस्ताव हाल्नकालागि स्थगित भएको २ घण्टा पछि बैठक शुरू भएको हाे ।
निर्धारण गरिएको समयमा एकीकृत समाजवादीले संशोधन प्रस्ताव पेश गरेकाे हाे । प्रदेश १ काे नामाकरणकाे विषयमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले संसाेधन हालेका छन्।
संशाेधन प्रस्तावलाई प्रदेश सभाले अस्विकार गरेकाे छ। संशोधन प्रस्तावमा नेकपा एसले प्रदेशकाे नाम किराँत लिम्बुवान काेशी प्रस्तावमा संशोधन हालेकाे थियाे।
राईले प्रदेशकाे नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव शुरूमा राखेका थिए । उनैले संशोधन हालेकाेमा उनकाे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे छ।
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित









