बागमती : सभामुखमा कांग्रेसबाट शिवराज अधिकारीको मनाेनयन दर्ता

काठमाडौँ । बागमति प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । समानुपाति सांसद अधिकारले पार्टीको निर्णय अनुसार उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उएम्मेदवार बन्ने पक्का भएको छ । बागमती प्रदेशमा गठबन्धनको भागबण्डा अनुसार राप्रपाले सभामुख पाएको छ । राप्रपाले पाठकलाई सभामुख बनाउने निर्णय बुधबार नै गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =