साझा बस चढेर राष्ट्रपति भण्डारी पाटनमा (तस्बिरसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छिन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुग्नुभएको हो ।

हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए । उनले पाटन ढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी छिन् ।

 
तस्बिर : नवीन पौडेल/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =