पोखरा एयरपोर्ट उद्घाटन भोलि, अन्तर्राष्ट्रिय उडान नहुने

पोखरा । पोखरामा निर्माण सकिएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ ।

तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने अहिले नहुने भएको छ । बुद्ध एयरले १ महिनाअघि देखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागेपनि पाएन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाएका थिए । तर भारतले बनारस उड्न सोझो रुट नदिएका कारण अहिले उडान नहुने बताइएको छ ।

चीनको सहयोगमा बनेको विमानस्थललाई भारतले उडानमा अवरोध गर्नु सामान्य नभएको विज्ञहरू बताउँछन् । धेरैले पहिलो दिन नै अन्तर्राष्ट्रिय उडान हुने बताइरहेका थिए । तर नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौँबाट पोखरामा ठूलो जहाज अवतरण गर्ने छ । १० बजे उक्त विमान पोखरा ल्याण्ड हुने प्राधिकरणका पोखरा प्रमुख विक्रम गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =