पोखराबाट राती पनि जहाज उड्ने

पोखरा । भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राती पनि उडान हुने भएको छ । जनवरी १ तारिखबाट उक्त विमानस्थल सञ्चालनमा आउने छ । यहाँबाट रात्रिकालीन उडान सुरु गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अहिलेसम्म पोखरामा रात्रिकालीन उडान थिएन ।

बुद्ध एयरले फेब्रुअरी २३ देखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने जनाएको छ । यसबाहेक अन्तर्राष्ट्रिय उडानको तयारी समेत गरिरहेको छ ।

विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन गर्ने छन् ।

तर पहिलो दिन अन्तर्राष्ट्रिय फ्लाइटको बारेमा भने अझै कुनै टुंगो आएको छैन । नेपाली एयरलाइन्स कम्पनी बुद्ध र यतिले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने दाबी गरेका छन् । प्राधिकरणले भने निर्णय दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =