चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

काठमाडौं। ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित पौष १२ गते मंगलबार २ जनालाई बौद्धबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौंको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन्।

वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित दुवैजनालाई  प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौको जोरपाटीबाट हराएको उक्त मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुल्न आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्। मोटरसाइकल सहित पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =