मनकामना केवलकार अनिश्चित कालका लागि बन्द

पोखरा । मनकामना केबलकारको प्यानलमा क्षति पुगेपछि अनिश्चित कालका लागि बन्द भएको छ । कम्पनीले सूचना जारी गरी विद्युत् आपूर्तिमा समस्या भएका कारण प्यानलमा क्षति पुगेको हो ।

आइतबार साँझदेखि प्यानलमा समस्या आएको स्टेसन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार मर्मतका लागि अस्ट्रियाको डोपलमायरका प्राविधिक बोलाइएको छ ।

सोही कम्पनीले केवलकार निर्माण गरेको हो । अर्को सूचना जारी नहुँदासम्म सेवा ठप्प हुने शेरचनले बताए । तत्कालै केवलकार चल्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =