ओली र प्रचण्डलाई मेयर बालेनको प्रश्न : देश के हो, व्यापार हो?

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले वर्तमान राजनीतिप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र जसपाका नेता अशोक राई बीच सरकार गठनको विषयमा भएको छलफल जारी रहदा बालेन्द्रले प्रश्न गरेका छन् ।

उनि लेख्छन्, देश के हो? व्यापार हो? खेल हो?

यसै सन्दर्भमा बालेन्द्रले हिजो आफूले लेखेको कविता सही सावित भएको समेत दाबी गरेका छन् ।

उनले हिजो यस्तो लेखेका थिए :
नयाँ सांसदहरू,

नयाँ गफाडीहरू!
उही पुरानो देश,
उही पुराना व्यापारीहरू!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =