जेलमुक्त भए शोभराज, अध्यागमन विभाग लगियो

काठमाडौँ । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिन केन्द्रीय कारागारमा बसेपछि शुक्रबार छुटेका छन् ।

नेपालमा दुई जनाको हत्या र एकको हत्या प्रयास गरेका उनीलाई मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । १५ दिनभित्र जुलमुक्त गर्न सर्वोच्चले बुधबार आदेश दिएको थियो ।

भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८० असोज १ गते २० वर्षको कैद सजाय सुनाइएको थियो । शोभराजलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरेर छोडिएको हो ।

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकाले कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको थियो ।

उनलाई उनकै देशमा फर्काउने प्रक्रियाका लागि अध्यागमन विभाग लगिएको छ ।

पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिबानासमेत गर्नेछ । जरिबाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी उनलाई निष्कासन गर्न सकिने अध्यागमन नियमावलीको व्यवस्था छ ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =