एकैदिन १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मकालु खबर
२०७९ पुस ८ गते
काठमाडौँ । लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।
सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो ।
आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
मकालु खबर
२०७९ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित