एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढ्यो

काठमाडौँ । एनआईसी एसिया बैंकको निक्षेप संकलन १० प्रतिशतभन्दा बढीले बढेको छ । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म निक्षेप १०.४४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ ।

बैंकको निक्षेप साउन मसान्तसम्म ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ थियो । भदौमा उक्त निक्षेप बढेर ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ पुग्यो । असोजमा भने बैंकको निक्षेप घटेर ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँमा झरेको थियो । तर, कात्तिकमा निक्षेप उल्लेख्य बढेको हो ।

कात्तिकमा ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन भएको उक्त तथ्यांकले देखाएको छ । असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँलाई आधार मान्दा भने कात्तिकसम्ममा १० प्रतिशतले निक्षेप बढेको हो । तर असोज महिनाको निक्षेपसँग तुलनामा गर्ने हो भने कात्तिकमा भने २.७६ प्रतिशतले निक्षेप घटेको हो ।

त्यस्तै उक्त बैंकको कर्जा प्रवाह पनि असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म २.१९ प्रतिशतले बढेको छ । यद्यपि असोजको तुलनामा भने कात्तिकमा २.१९ प्रतिशतले कर्जा घटेको छ ।

हाल यस बैंकको कात्तिकसम्ममा २ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँ लगानीमा रहेको देखिन्छ । साउनमा २ खर्ब ६५ अर्ब ५९ करोड रुपैयाँ कुल कर्जा प्रवाहमा रहेकोमा भदौमा आइपुग्दा २ खर्ब ७१ अर्ब ३२ करोड रुपैयाँ कर्जा विस्तार भएको छ ।

यस्तै असोजमा आइपुग्दा २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी भएको देखिएको छ । कात्तिक मसान्तसम्ममा कुल २ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =