नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सुरु भएको छ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले विशेष कार्यक्रमकाबीच शुक्रबार तालिमको उद्घाटन गरेका हुन्।

विपद व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरूमा तालिम समावेश गरी सञ्चालन भएको यो १६ औँ संयुक्त अभ्यास रहेको जङ्गी अड्डाले जानकारी दिएको छ।

नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन्। तालिम पुस १४ गते सम्पन्न हुनेछ।

यसअघिको संयुक्त अभ्यास भारतको पिथौरागढमा सम्पन्न भएको थियो। २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको छ।

संयुक्त अभ्यासले फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतंकवाद लगायत जङ्गलमा गर्नु पर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा अभ्यास गर्नेछन्। अभ्यासमा नेपाली सेना र भारती सेनाले ज्ञान आदान प्रदान गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =