आगोले जलेर वृद्धाको मृत्यु
२०७९ मंसिर २९ गते

फाइल फोटो
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१३ मा आगोले जलेर एक जना वृद्धा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९२ वर्षीया सुकमती नेम्वाङ रहेकी छिन् ।
फिदिम–१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतक शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
२०७९ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित









