रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गर्दै सिन्धुलीका युवराज सफलले संवैधानिक इजलासमा रिट निवेदन दायर गरेका हुन् ।

उक्त रिट निवेदनमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =