गच्छदार भन्छन्– उपेन्द्रजीले ४ हजार मत सूर्यमा हाल्न लगाएकोले म हारेँ
मकालु खबर
२०७९ मंसिर २२ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवाररहेका विजयकुमार गच्छदारले उपेन्द्र यादवका कारण आफूले हारेको दोष लगाएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिधै ४ हजार मत एमालेको सूर्य छापमा हाल्न लगाएकोले आफूले पराजय व्यहोर्नुपरेको बताएका छन् ।
जसपा र एमालेबीचको चुनावी तालमेलका कारण उपेन्द्रले एमालेलाई मत हाल्न लगाएको उनको भनाई छ । उक्त क्षेत्रबाट गच्छदारलाई पराजित गर्दै एमालेकी उम्मेदवर भगवती चौधरी विजयी भएकी छिन् ।
गच्छदारले पछिल्लो मंसिर ४ को निर्वाचनमा कसैको पनि बहुमत नआएकोले राजनीतिक अस्थिरताको खतरा रहेको बताए ।
मकालु खबर
२०७९ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित