जुवातास खेलिरहेको अवस्थामा सोनु तामाङ सहित नौ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ पकनाजोलस्थित सुरज तामाङले सञ्चालन गरेको काठमाडौँ भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएकी २९ वर्षीया सोनु तामाङ समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =