थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर अगाडि प्रदर्शन
२०७९ मंसिर २० गते

काठमाडौँ । नक्कली सुकुम्बासीलाई हटाउन र सक्कली सुकुम्बासीको सही व्यवस्थापन गर्न माग गर्दै मंगलबार काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरिएको छ । उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीको जमिन कब्जा गरेको भन्दै पहिचान गरेर उनीहरुलाई कारवाही गर्न माग गरेको हो ।

महानगरअगाडि प्रदर्शन गरेपछि समितिले मेयर बालेन्द्र साहलाई ध्यानकर्षण पत्र बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न महानगर एक इन्च पनि पछि नहटोस्’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ज्ञापनपत्र

२०७९ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








