बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरुको गठबन्धनको बैठक सुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक केही ढिलो सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला छन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाललगायत सहभागी छन् ।

बैठकमा हालै सम्पन्न आम निर्वाचनमा गठबन्धनले पाएको सफलता÷असफलता, गठबन्धन भित्रका दलहरुले पाएका सफलता असफलता, समग्र चुनावी परिणामबारे समीक्षा हुने बताइएको छ । त्यस्तै, नयाँ सरकार गठनको विषयमा समेत छलफल हुने बताइएको छ ।

गठबन्धन गरेर चुनावमा जाँदा नेपाली कांग्रेसलाई बढी फाइदा भएको चर्चा गठबन्धनभित्रै चलिरहेको छ । त्यस्तै, गठबन्धनभित्रको अन्तरघातका कारण माओवादी र नेकपा एसले सोचे जस्तो परिणाम प्राप्त नभएको भन्दै असन्तुष्टि जनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =