गठबन्धन बैठकअघि प्रचण्ड र महासेठबीच भेट

काठमाडौँ । सत्तारुढ दलको गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष र एमालेका सचिव रघुवीर महासेठबीच भेट भएको छ ।

प्रचण्डलाई भेट्न महासेठ सोमबार दिउँसो १ बजे प्रचण्ड निवास खुमलटार पुगेकाे खुलेकाे हाे । सत्ता गठबन्धनको बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि पनि प्रचण्डसँग एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताले भेटिसकेका छन् ।

प्रचण्डले भने गठबबन्धको विकल्प अहिले नसोचिएको बताइरहेका छन् । निर्वाचनपछि दलहरुको आकार अनुसार सरकार निर्माणका लागि अहिले विभिन्न गठबन्धनको प्रयास भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =