झलनाथ खनालमाथि लगाएको आरोप पुष्टि गर्न एमालेलाई नेकपा एसको चुनौती

काठमाडौँ । नेकपा एकीकृत समाजवादी इलामले सम्मानित नेता झलनाथ खनालमाथि लगाएको आरोप पुष्टि गर्न चेतावनी दिएको छ । नेकपा एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।

यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए । उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एसले सो कुरालाई पुष्टि गर्न भनेको छ ।

‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विनानै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराध जन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ जिल्ला अध्यक्ष भक्त केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उदयबहादुर राईबाट जारी भ्रमित, कपोकल्पित, अपुष्ट, नीच सोचाइ बाट ग्रस्त र प्रमाणविहीन विज्ञप्तिको घोर भर्त्सना गर्दै, यस्ता औचित्यहीन विज्ञप्तिको भ्रममा नपर्न पनि सम्पूर्ण इलामेली दाजुभाइ तथा दिदीबहिनीहरूमा हाम्रो पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)हार्दिक अनुरोध गर्दछ ।’

नेकपा एसले निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउनुभन्दा अगाडि नेकपा एमाले त्रसित अनेक षडयन्त्र गरेको आरोप लगाएको छ । ‘मोबाइल ट्रयाकिङ गर्ने, मतदातालाई भड्काउन माईजोगमाई गाउँपालिका वडा नम्बर ५ मा बम पड्काएर चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको उखान झैँ देखिन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यो सम्पूर्ण घटनाक्रम स्वयं आफैले गराएर आफ्नै विज्ञप्तिमा स्वयं निर्वाचन परिचालन कमिटीका क्षेत्र नं १ का संयोजक उदय राईले सिलसिलाबद्ध रूपले आफ्नो हर्कत बाहिर आउने डरले अरूलाई आरोप लगाएर पन्छिन खोजेको सहजै अनुमान लगाउन सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *