सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : मन्त्री भुसाल

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ । उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो ।

स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् । यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =