सुकुम्बासीको ढुंगा प्रहारबाट महानगरका एसपी घाइते

काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेका काठमाडौँ महानगरपालिकाको महानगर प्रहरीका एसपी राजु पाण्डे घाइते भएका छन् ।

प्रतिकारमा उत्रिएका सुकुम्बासीले चलाएको ढुंगाले लागेर एसपी पाण्डेको टाउकोमा ढुंगाले लागेर घाइते भएका हुन् । आवेगमा आएका सुकुम्बासीले ढुंगामुढा गर्दा एसपीको टाएकोमा चोट लागेको हो ।

महानगरले १५ दिनअिघ यो ठाउँको अनधिकृत वस्ती खाली गर्न सूचना दिएको थियो । अटेर गरेपछि महानगरले डोजर लगेर बस्ती हटाउन खोजेको हो । तर, सुकुम्बासी बस्तीका स्थानीयले कुनै हालतमा डोजर लगाउन नदिने भन्दै ढुंगामुढा र घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =