विश्वकपमा मोरक्कोसँग बेल्जियम स्तब्ध, एक खेल अघि नै नकआउट पुग्ने सम्भावना टर्यो
२०७९ मंसिर ११ गते

काठमाडौं। विश्वकप फुटबलमा आइतबार मोरक्कोले बेल्जियमलाई पराजित गरेको छ। विश्वकपमा मोरक्कोले बेल्जियमलाई २८ वर्ष पछि पराजित गरेको हो।
मोरक्कोले बेल्जियमलाई २–० ले पराजित गर्यो। पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा दुवै गोल गरेको हो। ७३ औं मिनेटमा अब्देलहमिद साबिरीले गोल गर्दै अग्रता दिलाएका थिए ।
अतिरिक्त समयमा जकारिया अबुखलालले दोस्रो गोल गर्दै सहज जित दिलाए। बेल्जियमलाई पराजित गरेसँगै मोरक्कोले फिफा विश्वकपको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
पराजित बेल्जियमको पनि अन्तिम चरण सम्भावना कायम छ। पहिलो खेलमा बेल्जियमले क्यानडालाई पराजित गरेको थियो। मोरक्को क्रोयसियासँग बराबरी खेलेको थियो।
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








