ऐडी हत्याको छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन
२०७९ मंसिर ११ गते

काठमाडाैँ । गत मंसिर ४ गते बाजुरामा मतदान सकिए लगतै केही व्यक्तिहरुले घरमै गएर निर्घात कुटपिट गरेपछि मृत्यु भएका चेतन ऐडीको हत्यारा पत्ता लगाउन भन्दै आइतबार अनेरास्ववियुले माइतीघरमा प्रदर्शन गरेको छ ।
३२ वर्षीय चेतनमाथि सामूहिक कुटपिट हुँदा उनी गम्भीर घाइते भएका थिए । ऐडीको अछाम बयलपाटा अस्पतालमा उपचारको क्रममा सोही राती मृत्यु भएको थियो ।
अनेरास्ववियुका सचिवालय सदस्य समेत रहेका चेतनको हत्यामा संलग्न भएको भन्दै हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरीसमेत दर्ता भएको छ ।

२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित









