अमेरिकी दूताबासले ‘फेक हिमचितुवा’को तस्बिर सामाजिक सञ्जालबाट हटाउने

काठमाडौँ । अमेरिकी दूतावासले नेपालको सोलुखुम्बुको सगरमाथाको बेस मानिने खुम्बु क्षेत्रमा अमेरिकी फोटोग्राफरले खिचेको दाबी गएको हिमचितुवाको नक्कली तस्बिर आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ । उक्त तस्बिर फोटोसपको प्रयोग गेर बनाइएको तथ्यसहित अल्पाइन इन्टरनेशनले म्यागेजिनले आफ्नो अनलाइनमार्फत सार्वजनिक गरेपछि दूताबासले पहिलो आफूले सेयर गरेको उक्त तस्बिर हटाउने जनाएको हो ।

अमेरिकी फोटो ग्राफर कितिया पाब्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर उक्त तस्बिर खिचेको भन्दै आफ्नो सञ्जालमा सार्वजनिक गरेपछि त्यो विश्वभर भाइरल भएको थियो । दूताबासले पनि आफ्नो फेसबुक र इन्स्टाग्राममा उक्त तस्बिर सार्वजनिक गर्दै कितियालाई फलो गर्न उनको लिंक समेत सार्वजनिक गरेको थियो । आफ्नै नागरिकको झुटो प्रचारमा दूताबास पनि सामेल हुनुपरेको पत्ता लागेपछि भने दूताबासरे उक्त फोटो हटाउने जनाएको हो ।

फ्रान्सेली अल्पाइन म्यागाजिनका फोटोग्राफी समबन्धी विज्ञहरुले कितिले आफूले खितेको दाबी गरिएको उक्त तस्बिर सम्पादित भएको पत्ता लगाएपछि भने दूताबासले हताउने भएको जनाएको छ ।
कितियाले उक्त तस्बिर सार्वजनिक गर्दै आफूले युएस एम्बेसीसँग मिलेर काम गरेको पनि दाबी गरेकी थिइन् ।

दूताबासले भनेको छ– ‘हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौँ । उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन ।’

तथ्यजाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले जनाएको छ ।

सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन छ । त्यही क्रममा दूताबासले उक्त फोटोसहितको पोष्ट जानकारी दिएर हटाउन लागेको जनाएको छ ।

तर, अझै पनि दूताबासले उल्लेख गरेर समाजिक सञ्जालमा ट्रोल र व्यंग्य गर्ने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =