विश्वकपको भव्य उद्घाटन (तस्बिरहरू)

काठमाडाैँ । १२ वर्षअघि आयोजनाको अधिकार पाएदेखि नै लगातारको विवाद र आलोचनापछि विश्वकप फुटबलको २२ औं संस्करण कतारमा सुरु भएको छ । प्रविधिको उच्चतम प्रयोग र कतारी सभ्यताको झलक प्रदर्शन गर्दै अल रायनस्थित अल बायत रंगशालामा आइतबार उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हाे ।

झन्डै ४० मिनेट चलेको समारोहमा विभिन्न ७ प्रस्तुति रहेको थियो । समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । कुकले आजै सार्वजनिक भएको ड्रिम्स गीत गाएका थिए ।

प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व सहितको प्रस्तुति देखाइएको थियो । प्रसिद्ध कलाकार मोर्गन फ्रिम्यान तथा स्थानीय कलाकार घनीम अल मुफ्ता र दानाले पनि एकताबारे प्रस्तुति दिए ।

हालसम्म विश्वकपमा समावेश सबै मस्कट पनि समारोहमा देखाइएको थियो । अन्त्यमा कतार विश्वकपको मस्कट ल’इब डिजिटल र फिजिकल माध्यमको सम्मिश्रणमा सानदार ढंगले सार्वजनिक गरिएको थियो । समारोहको अन्त्यमा कतारका एमिर शेख तमिम बिन हमाद अल थानीले मन्तव्य दिँदै उद्घाटन घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *