विश्वकपअघि पिएसजीको सानदार जित
२०७९ कार्तिक २८ गते

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले आउक्सेर्रेलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा पिएसजीले आउक्सेर्रेलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र हुगो एकिटिकेले एक एक गोल गरेका थिए ।यस खेलमा इन्जुरीका कारण यस अघिको खेल गुमाएका लियोनेल मेसीपनि खेलेका थिए ।
यो जितपछि पिएसजीको लिग वानमा १५ खेलमा ४१ अंक भएको छ र दोस्रो स्थानमा रहेको लेन्स भन्दा स्पष्ट ५ अंकले अगाडी भएको छ । साथै आउक्सेर्रेको १५ खेलमा १३ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।
२०७९ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








