विशेष अदालतबाट सफाइ दिइएका १२४ मुद्दामा अख्तियार असन्तुष्ट (भिडिओ)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अख्तियारले बिशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय ५१ प्रतिवादीका १ सय २४ मुद्दाबिरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको जनाएको हो । पुनरावेदन दिएका मुद्दाका कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । चालू आवमा १ सय ६३ वटा फैसला प्राप्त गरेको र त्यसमध्ये अधिकांशको सर्वोच्चमा पुनरावेदन दिएको भण्डारीले बताए ।

पुनरावेदन दिएका मध्ये सवैभन्दा बढि घुस/रिसवत मुद्दाको संख्या १ सय १२ रहेका छन् । त्यस्तै अन्य मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, राजस्व चुहावट, गैर कानूनी सम्पती आर्जन लगाएतका छन् । अख्तियारका प्रवक्ता भण्डारीले आयोगको सफलता घट्नुमा आयोगको अनुसन्धानको कमजोरी नभएको बताए ।

सप्रमाण हुँदा पनि बिशेष अदालतबाट उपयुक्त फैसाला नभएपछि कानूनले नै दिएको सुविधा उपयोग गरेर कानूनबमोजिम नै सर्वोच्चमा पुनरावेदन दिएको उनको भनाइ छ । उहाले भ्रष्टचारको मुद्दाामा गम्भीर तवरले अनुसन्धान गरेर सप्रमाण कसुर स्थापीत गर्ने काममा सफल नहुदा गलत नजिर बस्ने भएकाले पुनरावेदनमा जानु परेको भण्डारीले बताए ।

प्रवक्ता भण्डारीले मुद्दााको असफलताको दर बढ्दै जानुमा आयोगको कमजोरी नभएको दावी गर्नुभयो । उनले आयोगमा मुद्दा परेका बिषयहरुमा अहिले पनि आयोग आन्तरिक रुपमा छानविनमा केन्द्रीत भएको जिकिर गरे ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =