यो पटक एमालेले रामकुमारी झाक्रीलाई भोट हाल्ने हो : झाक्री (भिडिओ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाक्रीले नेकपा एमालेको विरुद्दमा नभई दम्भ देखाउनेका विरुद्द विद्रोह गरेको बताएकी छिन् ।

शनिवार काठमाडौँमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै झाक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उक्त अभिव्यक्ति दिएकी हुन् ।

उनले उक्त कार्यक्रमा गुल्मेली जनताले यो पटक मत बदलेर विकासको बाटो खोल्न र परिवर्तनको लागि भए पनि जिताउन पर्ने जनाईन् ।

साथै, उनले गुल्मी बाहिर रहेका सम्पूर्ण जनता जिल्ला गएर गठबन्धनलाई जिताउन अनुरोध गरेकी छिन् ।

झाक्रीले यो पटक एमाले लगाएत सम्पूर्ण पार्टीले रामकुमारी झाक्रीलाई भोट हाल्ने समेत बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =