यो पटक एमालेले रामकुमारी झाक्रीलाई भोट हाल्ने हो : झाक्री (भिडिओ)
२०७९ कार्तिक १९ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाक्रीले नेकपा एमालेको विरुद्दमा नभई दम्भ देखाउनेका विरुद्द विद्रोह गरेको बताएकी छिन् ।
शनिवार काठमाडौँमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै झाक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उक्त अभिव्यक्ति दिएकी हुन् ।
उनले उक्त कार्यक्रमा गुल्मेली जनताले यो पटक मत बदलेर विकासको बाटो खोल्न र परिवर्तनको लागि भए पनि जिताउन पर्ने जनाईन् ।
साथै, उनले गुल्मी बाहिर रहेका सम्पूर्ण जनता जिल्ला गएर गठबन्धनलाई जिताउन अनुरोध गरेकी छिन् ।
झाक्रीले यो पटक एमाले लगाएत सम्पूर्ण पार्टीले रामकुमारी झाक्रीलाई भोट हाल्ने समेत बताएकी छिन् ।
यो पटक एमालेले रामकुमारी झाक्रीलाई भोट हाल्ने हो : झाक्री pic.twitter.com/PieojwaPZn
— Makalu Khabar (@makalukhabar) November 5, 2022
२०७९ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित









