देउवाको जिल्लामा कांग्रेस वडा समितिले निर्वाचन बहिष्कार गर्ने (निर्णयसहित)

काठमाडौँ । डडेल्धुरामा नेपाली कांग्रेसको वडा समितिले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो।

चुनाव बहिष्कार गर्दै कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग मात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ।

यस्तो छ निर्णय

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =