दमौलीमा ‘सिंगुस’ले टोकेर एकजनाको मृत्यु

पोखरा । तनहुँको दमौलीमा सिंगुस (जंगली मौरी, माैरीकाे एक प्रजाति)ले टोकेर १ जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिंगुसले टोक्दा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदीको मृत्यु भएको हो।

टोकाइबाट ६ जना घाइते भएका छन् । उनीहरुको दमौली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।

मृतक सुवेदीलाई दुई सयभन्दा बढी सिंगुसले टोकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =