सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन प्रहरी हिरासतमा राख्न म्याद थप गरिएको छ ।

प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नु पर्ने भन्दै थप म्यादका लागि बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

नाबालिका बलात्कार मुद्दामा अनुसन्धान गर्न प्रहरीले यसअघि अदालतकाे अनुमतिमा पहिला ७ दिन, त्यसपछि ४ दिन गरी ११ दिन हिरासतमा राखिसकेकाे छ । अहिले थप भएकाे म्याससहित १५ दिन लामिछाने हिरासतमा रहने भएका छन् ।

यसपछि पनि अनुसन्धान नसकिए प्रहरीले हिरासतमा थप राख्न अदालतकाे अनुमति लिनु पर्ने छ । अनुसन्धान सकिए थुनछेक बहसका लागि सरकारी वकिलमार्फत अदालतमा पेश गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =