जाहेरवाला नाबालिग होइनन् : लामिछाने

काठमाडौं । सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार (आज) जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो ।
सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
लामिछानेलाई न्यायाधीशले घटनाबारे बुझेका थिए ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेको बताए । जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ । उनले भने, इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राख्नुभएको छ ।
लामिछानेलाई न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको उनले बताए ।
त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’
हाल सन्दिप प्रहरी हिरासतमा रहेका छन् ।








