सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
२०७९ असोज २४ गते

फाइल फोटो
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतले २० गतेबाट ७ दिनका लागि म्याद थप गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो ।
सन्दिपका कानुनी सल्लाहकार भन्छन्, प्रहरीले कम्तिमा थप १० दिनको म्याद मागेको थियो तर अदालतले भने ७ दिनको मात्र समय दिएको छ ।
लामिछानेलाई दशैंको बिदाका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको हो ।
२०७९ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








