१५ तस्बिरमा हेर्नुहोस् वर्षाको असर

काठमाडाैँ । हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले प्रदेश १ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ ।

प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

बर्षाका कारण देशका विभिन्न भागहरुमा ठुलो धनजनको क्षेती भएको छ ।

हेरौँ १५ तस्बिरमा बर्षको असर:

बेनी–दरवाङ सडकअन्तर्गत म्याग्दीको मालिका गाउँपालिका–६ को बाङ्गेपहिरोमा बच्चा समाएर पहिरो पार गर्दै एक महिला । पहिरोका कारण बेनी–दरवाङलगायत म्याग्दीका अधिकांश सडक अवरुद्ध भएका छन् ।
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, पालीमा पहिरोले सडकमा पु¥याएको क्षति । कर्णालीको विभिन्न स्थानमा पहिरोले सडक पूर्वाधारमा क्षति भएको छ ।
अविरल वर्षाको पानीले पहाडबाट आएको पानीले नरैनापुर क्षेत्रमा अधिकांश स्थान जलमग्न भएका छन् । पानीले केही घर डुबानमा परेको छ । गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाह नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्दै ।
लगातारको अविरल वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ । अहिले नदीमा पानीको सतह बढेर आठ मिटर पुगेको छ । यो सबै भन्दा बढी मानिन्छ । पानीको सतह बढेपछि आसपासका नागरिकहरुलाई आश्रयस्थलतर्फ जान अनुरोध पनि गरिएको छ । राप्ती नदीमा पानीको सतह बढ्दै गरेका दृश्य ।
अविरल वर्षाको पानीले पहाडबाट आएको पानीले नरैनापुर क्षेत्रमा अधिकांश स्थान जलमग्न भएका छन् । पानीले केही घर डुबानमा परेको छ । गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाह नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्दै ।
अविरल वर्षाको कारण व्यास नगरपालिका–४ मा शुक्रबार गएको पहिरोले पृथ्वी राजमार्गमा यातयात अवरुद्ध भएपछि मादि नदी पुलमाथि रोकिएका सवारीसाधन । पृथ्वी राजमार्गको तनहुँ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा दशैंको टीका लगाउन हिँडेका यात्रु समयमा गन्तव्यमा पुग्न पाएनन् ।
अविरल बर्षाका कारण धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँस्थित डुबानमा परेको धनगढी नमूना प्राविधिक माध्यामिक विद्यालय क्षेत्र ।
वीरेन्द्रनगरको तल्लो क्षेत्रमा परेको क्षेत्र । अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्रहरुमा भएको डुबानको अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत ।
निरन्तरको वर्षाका कारण बागलुङ बजारदेखि बागलुङ नगरपालिका–८ सिगानाहुँदै बरेङ गाउँपालिका जाने सडकखण्डअन्र्तगत सिगाना स्वास्थ्य चौकी नजिकै पहिरोले सडकको पूर्वाधारमा पु¥याएको क्षति । उक्त पहिरोले स्वास्थ्यचौकीसमेत थप जोखिममा पु¥याएको छ ।
बागलुङ बजारदेखि बागलुङ नगरपालिका–८ सिगानाहुँदै काठेखोला गाउँपालिका–७ रेश जोड्ने अबरुद्ध ग्रामिण सडक । सडक अबरुद्ध भएपछि पैदल यात्रुको सहजताका लागि सडकमा ढलेको रुख हटाउदै स्थानीय ।
बाढीले विस्थापित भएर घर फर्केको एक सातामै भजनीका बाढीपीडित पुनः सडकमा । बुधबार रातिदेखिको अविरल वर्षापछि बाढी आउँदा भजनीका– २, ७ र ८ वडाका सयौँ परिवार बस्तुभाउसहित हुलाकी सडकमा फर्केका हुन् ।
बाढीले विस्थापित भएर घर फर्केको एक सातामै भजनीका बाढीपीडित पुनः सडकमा । बुधबार रातिदेखिको अविरल वर्षापछि बाढी आउँदा भजनीका– २, ७ र ८ वडाका सयौँ परिवार बस्तुभाउसहित हुलाकी सडकमा फर्केका हुन् ।
सुनसरीको इटहरी– ५ स्थित पचरूखीमा पानीसँगै आएको हावाहुरीले क्षति पु¥याएको धानबाली ।
अविरल वर्षाका कारण सुर्खेतको वीरेन्द्रनगरमा डुबानमा परेपछि उद्धारका लागि खटिएका सशस्त्र प्रहरी ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =