भारतविरुद्धको टी-२० सिरिजको अन्तिम खेल दक्षिण अफ्रिकाले जित्यो

काठमाडौँ । जारी टी-२० सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४९ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछाएको भारत १८.३ ओभरमा अल आउट हुँदै १७८ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले रिली रोस्सोउको शतकीय पारीसहित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।

यसपछि टी-२० विश्वकप अघि दक्षिण अफ्रिकाको भारत टूर अन्तर्गत अब ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । टी-२० सिरिज भारतले २-१ ले जितेको छ । भारतका सूर्यकुमार यादव प्लेयर अफ द सिरिज बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =