खड्ग जात्रा (भिडिओ)

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा अन्तर्गत मंगलबार महालक्ष्मी स्थानबाट खड्क सहितजात्रा गरिएको छ ।

झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई विधि पुर्वक सबै भन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा अन्तर्गत खड्क सहितजात्रा गरि मुलचोकमा भित्राइएको हो ।

जात्र अन्तर्गत बुधबार मूलचोकबाट मंगलबजार चारदोबाटोमा श्री भवानी र नव दुर्गा भवानीबीच मिलन तथा जात्रा गरिने मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

घटस्थापनादेखि विधिवत रुपमा सुरु भएपनि यो जात्राको मुख्य विधि फुलपातीका दिन गरिन्छ । उक्त दिन मुछे आगनघरबाट मुलचोकमा श्री भवानीलाई बिराजमान गरिएको थियो ।

पायः खड्ग जात्रा सम्पन्न गर्न विभिन्न ३२ खलक आवश्यक पर्छ । जसमा ठेचोको नवदुर्गा नाच, पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवी सञ्चालन गुठी ‘मू छेँ आँगन घर’, पाटन नकबहिल टोलको अष्टमात्रिका नाच, काः मंका गुठी च्यासल, मुहाली, खड्गी खलक, बौ छाय्गु गुठी, धौगुः खलः, कायगु ननीका गुठियारलगायत चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =