बायर्न म्युनिख ४-० ले विजयी

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले लिभरकुसनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले लिभरकुसनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा लिरोय साने, जमाल मुसिआला, साडियो माने र थोमस मुलरले एक एक गोल गरेका थिए ।

यो बायर्न म्युनिखको यस सिजनको चौथो जित हो । बायर्नको यो जितपछि ८ खेलमा ४ जित, ३ बराबरी र एक हारसहित १५ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *