पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौँ । जारी टी-२० सिरिजको छैटौ खेलमा इङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको इङल्याण्डले १४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।इङल्या ण्डका लागि फिल साल्टले ४१ बलमा अविजित ८७ रन बनाए भने एलेक्स हल्सले २७, डेविड मलान र बेन डुकेटले २६-२६ रन बनाएका थिए ।

पाकिस्तानकाया लागि दुवै विकेट षडाब खानले लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले बाबर अजम्को अविजित ८७ र इफ्तिखार अहमदको ३१ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।

यो जितसँगै ७ खेलको टी-२० सिरिजमा इङल्याण्डले तेस्रो खेल जितेर बराबरी गरेको छ । अब दुवैले ३-३ खेल जितेका छन् भने सातौ खेल सिरिजको फाइनल खेल हुने भएको छ । सिरिजको सातौ खेल अक्टोबर २ मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *