सन्दीपविरूद्ध जारी भयो डिफ्युजन नोटिस
२०७९ असोज १० गते

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले बलात्कारका आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले नोटिस जारी गरेको हो।
नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई पक्राउ गर्न सक्नेछन्। डिफ्युजन नोटिस भनेको अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जस्तै हो।
लामो समय सम्पर्कविहीन भएका सन्दीपले आइतबार मात्रै आफू चाँडै नेपाल फर्किने फेसबुकमा उल्लेख गरेका थिए। सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्। जाहेरी परेसँगै राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका लामिछाने अब भने पक्राउ पर्ने सम्भावना बढेको छ।
क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने उतै बेखबर बनेपछि इन्टरपोलको सहयोग मागिएको नेपाल प्रहरीले बताएको छ।
२०७९ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








