काठमाडौंको कपनमा भीषण आगलागी, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कपनस्थित राम मन्दिर नजिकै एक घरमा भीषण आगलागी भएको छ । आगलागीबाट साढे दुई तले घर जलेर ध्वस्त भएको छ ।

ट्रेकिङ एजेन्सीको कार्यालय रहेको उक्त घरमा अक्सिजन र एलपिजी ग्यास पड्केर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ  । सो ट्रेकिङ एजेन्सीको कार्यालय प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको रहेको बुझिएको छ ।

आगलागी नियन्त्रण बाहिर गएपछि २ जनाको मृत्यु भएको छ । मृत्यु भएका २ जनाको शव निकाली सकेको प्रहरीले जनाएको छ । आगलागीबाट अन्य कति हताहत भए भन्ने यकिन हुन सकेको छैन । आगलागी  पूर्ण रूपमा नियन्त्रणमा नआएकाले थप क्षतिको विवरण समेत आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =