एड्भोयको ‘अब्रोड स्टडी एक्स्पो’ अरन्या बुटिकमा मंगलबार हुने

काठमाडौं । मंगलबार एड्भोयको अब्रोड स्टडी एक्स्पो सञ्चालन हुने भएको छ । एड्भोयको बुद्धनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त एक्स्पोबारे जानकारी दिइएको हो । हात्तीसारस्थित अरन्या बुटिक होटलमा सञ्चालन हुने एक्स्पो विशेषगरी युके र क्यानडा केन्द्रित हुने बताइएको छ । यस्तै उक्त एक्स्पोमा विभिन्न वैदेशिक शैक्षिक गन्तव्यहरूबाट आएका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा समाधान गर्नेछन् ।

पछिल्लो समय युके र क्यानडा विदेश अध्ययन गर्न जाने अत्यधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य भएकाले एक्स्पो आयोजना गरिएको कन्सल्टेन्सीले जनाएको छ ।

एक्स्पोमा युके र क्यानडाका १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरूबाट परामर्शसहित शीघ्र अफर लेटरको सुविधा पाउनेछन् । यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचीबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाउनेछन् ।

एड्भोयका नेपाल निर्देशक फिलिप डिसीले विद्यार्थीको माग अनुसार नै एक्स्पो राखिएको बताए । विद्यार्थीले भोगिरहेकाका भिसा तथा छात्रवृत्तिसम्बन्धी र अन्य जिज्ञासा सम्बन्धी समाधान गराई दुई दिन भित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए । उनले एक्स्पोको भरपुर फाइदा उठाउन पनि विद्यार्थीलाई अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *