पाँचथर र तेह्रथुम अस्पताललाई ५० शैयाको बनाइने

काठमाडौँ । पाँचथर र तेह्रथुम अस्पताललाई ५० शैयामा स्तरउन्नती गरिने भएको छ । पाँचथर र तेह्थुमका जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने निर्णय भएको बताईको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले बताए । उनले प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वे ओ एण्ड एम स्वीकृत गरी अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने निर्णय भएको सुनाए ।
हाल दुबै अस्पताल १५ शैयाका मात्र छन् । पाँचथर जिल्ला अस्पतालमा ५० शैयाको भवन निर्माण भईसकेपनि १५ शैयाकोमात्र अस्पताल सञ्चालनमा रहेको छ । तर तेह्थुम जिल्ला अस्पतालमा ५० शैयाको अस्पतालको भवन बनाउन बाकि छ ।
पहाडी जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा तराईका नीजि अस्पतालमा पुग्नु पर्ने बाध्यता छ । अस्पताल बनिसकेपछि पूर्वी पहाडी जिल्लाका बासिन्दालाई ठुलो राहत पुग्ने मन्त्री आङ्बोको विस्वास छ ।









