नारायणी नदीमा हाम्फालेर एक युवक बेपत्ता
२०७९ भदौ २१ गते

फाइल फोटो
चितवन । नारायणी नदीमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् । आज बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट एक युवक हाम्फालेका चितवन प्रहरीले जनाएको छ ।
नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुषको खोजी भइरहेको प्रहरीको भनाइ छ । वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामग्रीसहित खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








