फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन’ अवार्डबाट सम्मानित

काठमाडौँ । फोनपे पेमेन्ट सर्विस लिमिटेड ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो ।

कार्यक्रमा सहजीकरण भिसाका लागि नेपाल प्रमुखले गरेका थिए । कार्यक्रममा राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिति रहेको थियो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीलाई सम्मान गरिएको थियो ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =