बुद्धनगरमा छैटौं तलाबाट खसेर २ बालबालिकाको मृत्यु

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन भवनको छैटौं तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजेतिर उनीहरूको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र  घट्टेकुलो स्थायी घर भएकी १४ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु जनाइएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =